२०८१ बैशाख २, आइतवार

प्रयोग गर्नुहोस् अलैंची यस्ता छन् फाइदा

चिसो, खोकी र घाँटी दुखाइबाट राहत दिन्छ । अलैंचीमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ जसले मुखको क्यान्सर र छालाको क्यान्सरसँग लड्न मद्दत गर्छ। अलैंचीले बढ्दो तौललाई नियन्त्रण गर्छ । यसलाई तातो पानीसँग खाँदा राति राम्रो निद्रा आउँछ ।अलैंची एक उत्कृष्ट माउथ फ्रेसनर हो, जुन खाना पकाउन र विभिन्न मिठाईहरूमा प्रयोग गरिन्छ।

अलैंची औषधीय गुणले भरिपुर्ण मसला हो जुन धेरै रोगहरूको उपचारमा प्रयोग गरिन्छ। अलैंचीमा कार्बोहाइड्रेट, डाइटरी फाइबर, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन र फस्फोरस मुख्यतया पाइन्छ जुन राम्रो स्वास्थ्यका लागि उपयोगी हुन्छ । अलैंचीमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसले मुखको क्यान्सर, छालाको क्यान्सरसँग लड्न मद्दत गर्छ।

बढ्दो तौल नियन्त्रण गर्न चाहनुहुन्छ भने अलैंची खानुहोस् । तातोपानीमा अलैंची खाँदा राम्रो निन्द्रा लाग्छ र घुर्ने समस्या पनि हट्छ ।

रुघाखोकी, खोकी र घाँटी दुखाईबाट राहत दिन्छः कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरु मौसम परिवर्तन हुँदा रुघाखोकीको सिकार हुने गर्छन् । चिसो लाग्दा घाँटी दुख्ने गर्छ । अलैंचीको सेवनले रुघाखोकी र घाँटी दुख्ने समस्याबाट राहत मिल्छ । खोकी, रुघाखोकी र चिसो निको पार्ने सबैभन्दा प्रख्यात आयुर्वेदिक औषधिमा पनि सितोपलादी चुर्ण पाइन्छ ।

रक्तचाप नियन्त्रणः एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण अलैंचीले बारम्बार पिसाब लाग्ने समस्यालाई समाधान गर्छ। यसमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता मिनरल्सले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

क्यान्सर लड्ने गुणः अलैंचीमा क्यान्सरसँग लड्ने गुण पनि हुन्छ । अलैंचीको धूलोको सेवनले शरीरमा निश्चित इन्जाइमहरू बन्छन् जसले क्यान्सर कोशिकाहरूलाई हटाउन मद्दत गर्छ। अलैंचीमा ट्युमर हटाउने गुण पनि हुन्छ ।

पाचन क्रिया कायम राख्छः एक्स–रे वा सीटी स्क्यानबाट निमोनिया भएको पहिचान गर्न सकिन्छ। अलैंचीले पाचन प्रणालीलाई स्वस्थ राख्छ । कतिपयले खाना खाएपछि अलैंची चपाउने गर्छन्, जसले पाचन प्रणालीलाई ठीक राख्छ ।

चिन्ता हटाउँछः डिप्रेसनबाट छुटकारा पाउन पनि अलैंचीको प्रयोग गरिन्छ। डिप्रेसन हटाउन अलैंचीलाई पानीमा उमालेर पिउनुपर्छ । चिन्ता बढी भएमा दिनमा २–३ पटक अलैंची खाँदा फाइदा हुन्छ । एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्