२०८३ बैशाख १९, शनिबार

जुम्लामा उत्पादित स्याउ बजारमा पठाउन सुरु, ३१ हजार अनुदानका कार्टन वितरण

जुम्लामा उत्पादन गरिएको अर्गानिक स्याउ बजारमा पठाउन सुरु गरिएको छ । भदौको पहिलो सातादेखि स्याउ निर्यात गर्न सुरु भएको हो।कृषि विकास कार्यालय जुम्ला अनुसार स्याउ पाकेर खान लायकको भएपछि बजारमा बिक्रीका लागि निर्यात सुरु भएको हो।

कृषि विकास कार्यालय जुम्लाले सूचना जारी गरी गरि निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको जानकारी दिएको हो । जुम्ली स्याउको पहिचान बचाउन जुम्ली स्याउको लागो टाँसिएको कार्टन ब्यापारीलाई उपलब्ध गराइएको छ । स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म दुई हजार टनभन्दा बढी निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुखले जानकारी दिएका छन् । जुम्लामा उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइ ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ।

जुम्लामा उत्पादित स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार ८०० वटा कार्टन वितरण गरिएको छ। स्याउ सुपोरजन कार्यालय जुम्लाले १० दश हजार ८०० र कृषि विकास कार्यालयले २१ हजार वटा वितरण गरेको हो। स्याउ जिल्ला बाहिर निर्यात गर्न सहज होस् भनी ५० प्रतिशत अनुदानमा किसानलाई कार्टन उपलब्ध गराइएको हो।

प्रतिक्रिया लेख्नुहोस्