भारतबाट नेपाल ल्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय लहानको टोलीले शनिबार बिहान एउटा अटोबाट औषधी बरामद गरेको हो।
बिहान राति सवा २ बजे लहान नगरपालिका-१९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटो चेकजाँच गर्दा ठूलो परिमाणमा औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ । बरामद भएको तीन खालको औषधी रहेको लहानका प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन् ।
रिकल-केटु-सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९ हजार २०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १ हजार ६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७ हजार २० रूपैयाँ बराबरको बरामद भएको उनले बताएका छन् । बिहान राति आफू गस्तीमा निस्केका बखत अटो आइरहेको र प्रहरीलाई देख्नासाथ अटोमा रहेका व्यक्तिहरू फरार भएको उनले बताएका छन् ।
फरार व्यक्तिहरूको खोजी भइरहेको उनले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्