२०८३ बैशाख २६, शनिबार

मकवानपुरका थप १० जना जनप्रतिनिधिहरु एकीकृत समाजवादीमा

मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर उनीहरूले नेकपा एमाले छाडेर माधव नेतृत्वको समाजवादीका लागि सनाखत गरेका हुन् ।

मकवानपुरको इन्द्र सरोबर गाउँपालिका अध्यक्ष जीवन लामा सहित विभिन्न स्थानीय तहका १० जना जनप्रतिनिधिले नेकपा एमाले त्यागेर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् । त्यस्तै वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरूले नेकपा समाजवादी रोजेका हुन् ।इन्द्र सरोबर गाउँपालिका ५ का वडाध्यक्ष धनराज महर्जन, इन्द्र सरोबर गाउँपालिका कार्यपालिका सदस्यहरू दुर्गावती थोकर, मन्जु रुम्बा ५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लोले समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा उपमहानगरपालिका १ नम्बर वडा सदस्य ईश्वरी सुनार, थाहा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिनाले पनि नेकपा एसका लागि सनाखत गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्