विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्दैछ ।
दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसदले जानकारी दिएका छन् । भोलिदेखि शुरू हुने संघीय संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिन बैठक बोलाइएको सांसदले बताएका छन् । कांग्रेस स्रोतका अनुसार मंगलवारको संसदीय बैठकमा एमसीसी अनुमोदनबारे समेत छलफल हुनेछ ।
एमसीसी अनुमोदनबारे अहिलेसम्म संसदीय दलबाट औपचारिक निर्णय गरेको छैन । मंगलवारको बैठकमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तयारी छ ।







प्रतिक्रिया लेख्नुहोस्