२०८३ बैशाख १९, शनिबार

प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा शर्मालाई शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिह्नसमेत प्रदान गरेकी थिइन् ।

“सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रधानसेनापति महारथी श्री प्रभुराम शर्माज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्