२०८३ जेष्ठ ३, आइतवार

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । एमालेबाट विभाजनपछि माधव नेपालको नेतृत्वमा नवगठित एकीकृत समाजवादीमा १३ प्रदेश सांसद्ले सनाखत गरेको नामावलीसहितको दल विभाजनको आधिकारिक पत्र निर्वाचन आयोगबाट प्रदेश सभा सचिवालयलाई प्राप्त भएसँगै आइतबार बसेको संसदीय दलको बैठकबाट पाण्डे सर्वसम्मत नेता चयन भएका हुन् ।

ज्येष्ठ सदस्यका रूपमा सांसद माधव पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको पहिलो बैठकले पाण्डेलाई नेता चयन गरेको हो । बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता पाण्डेले जानकारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादीले प्रदेश सभा सचिवालयभित्रै आइतबार नै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्