नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । यो वर्ष देशका सबै वाणिज्य बैंकका शाखामार्फत नोट वितरण मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।
अधिकांश बैंकहरुले नयाँ नोट लगिसकेको विभागले जानकारी दिएको छ । विकास बैंक तथा फाइनान्स कम्पनीले समेत नयाँ नोट लगिसकेका छन्। यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गरेको भए पनि यसपाली भने असोज ४ गतेबाटै नयाँ नोट वितरण गर्ने भएको हो ।
कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराइएको विभागले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्