२०८३ असार ५, शुक्रबार

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५ औँ स्मृति दिवस

आज नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५ औँ स्मृति दिवस हो । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो । सिंहलाई लौह पुरुष र त्यागी नेताका रुपमा चिनिन्छ । राणा शासनको अन्त्यका लागि ज्यानको वाजी लगाएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानवअधिकारका पक्षमा लडे ।

प्रजातन्त्रको लडाईमा सिंगो जीवन अर्पण गरेका सिंहले २०४६ सालको जनअन्दोलनको नेतृत्व गरे । आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न तत्कालिन राजा वीरेन्द्रले गरेको आग्रह उनले अस्वीकार गरेका थिए । जीवनकालमा एक पटक २०१२ सालमा पार्टी सभापतिका लागि प्रतिपर्धा गरेका उनी पराजित भएपछि फेरि उम्मेदवारी दिएनन् ।

काठमाडौँको खानदानी परिवारमा जन्मेका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउन राजनीतिमा होमिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्