२०८३ बैशाख २६, शनिबार

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्न – मन्त्री नै पाउन नसकेको हो कि के हो ?

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तार नभएकोमा कटाक्ष गरेका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित उपत्यका विशेष कमिटीको भेलामा उनले सरकार बनेको ७५ दिनसम्म मन्त्री नभएको भन्दै बाँकी रहेको १४ महिनामा पूर्णता पाए सरकारलाई धन्यवाद दिने बताएका छन् । उनले मन्त्री नै पाउन नसकेको हो कि के हो ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘७५ दिनसम्म मन्त्री नै छैन सचिवहरूले पुष्पगुच्छा, माला किनेर राख्छन् ओइलाउँछ । मन्त्री आउँदैन । पछि त्यो बिल बेरुजु होला भन्ने डर छ । अब यो १४ महिनाभित्र मन्त्री बनाइसक्यो भने धन्यवाद छ सरकारलाई । एउटा काम त गर्‍यो ।’

 

प्रतिक्रिया लेख्नुहोस्