नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको पालिका तह अधिवेशन आज हुँदैछ । १ महानगरपालिकासहित ११ स्थानीय तह रहेको संघीय राजधानी काठमाडौंमा १० पालिकाको मात्र आज अधिवेशन हुन लागेको हो ।
काठमाडों महानगरको भने ९ बजे नेता प्रकाशमान सिंहले अधिवेशनको उद्घाटन गर्नेछन् ।जिल्ला निर्वाचन अधिकृतका अनुसार दक्षिणकाली नगरपालिकाको भने अधिवेशन रोकिएको छ । वडा नम्बर २ को वडा अधिवेशन हुन नसक्दा अधिवेशन रोकिएको उनले जानकारी दिएका छन् । वडाको पटकपटक अधिवेशन गर्न खोज्दा सकिएन त्यसैले अधिवेशन रोक्र्ने र केही दिनभित्र हामी अधिवेशन गर्ने उनले बताएका छन् । आचार्यका अनुसार पालिकाहरुमा सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको छ ।
सबैभन्दा ठूलो काठमाडौंं महानगरमा भने निर्वाचननै हुने भएको छ । निर्वाचन हुने पालिकाको हकमा समितिले भोलि साँझसम्म अन्तिम नतिजा दिने तयारी गरेको छ । निर्वाचन भयो भने पनि भोलि साँझसम्म नतिजा दिने तयारीमा रहेको उनको भनाइ छ । प्राविधिक समस्या भएन भने नतिजा प्रकाशनमा ढिलाई नहुने उनले बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्