२०८३ बैशाख ११, शुक्रबार

देशभर पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षणमा ३ सय ५ र २ हजार ३ सय ३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ सय ३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्