गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा १ सय ४९ जनामा गरिएको नमूना परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो ।
संक्रमित मध्ये ९ महिला र १० पुरुष रहेका छन् ।प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजकले जानकारी दिएका छन् । उनका अनुसार कास्की १६,स्याङजा १, लमजुङ १ र पर्वतमा १ जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ९ सय ७ पुगेको छ । गण्डकीमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ बेशिसहर नगरपालिका –११ की ४० बर्षिय महिला रहेकी छिन् । उनको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १७ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ३ सय २९ पुगेको छ भने होम आइसोलेसनमा १ सय २३ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ सय ६१ पुगेको निर्देशनालयले बताएको छ ।







प्रतिक्रिया लेख्नुहोस्