नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी भीम रावल पराजित भएका छन्। केहीबेर अघि सम्पन्न मतगणना अनुसार रावल केपी शर्मा ओलीसँग फराकिलो मतान्तरले पराजित भएका हुन्।
अध्यक्षमा ओलीले १ हजार ८०८ को भारी मत प्राप्त गर्दा रावलले भने २१३ मत मात्र प्राप्त गरेका छन् । यससँगै ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका छन्। पराजय भोगेका रावलले भने पार्टीको कुनैपनि समितिमा नबस्ने घोषणा यसअघि नै गरिसकेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका रावलको नाम केन्द्रीय समितिमा पनि देखिएपछि उनले सो घोषणा गरेका थिए ।
अध्यक्षको मतगणना सकिएपछिअन्य पदाधिकारीहरुको पनि मतगणना शुरु भएको छ।







प्रतिक्रिया लेख्नुहोस्