२०८३ बैशाख १७, बिहिबार

२४ घण्टामा थप २ सय ६५ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६ सय १७ जनाको नमुना परीक्षण गर्दा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ । यसैगरी थप ३५७ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर हाल ६ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्