२०८३ बैशाख २७, आइतवार

शेखर कोइरालाका सात प्रतिज्ञा

कांग्रेस १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाले सात प्रतिज्ञा पत्र जारी गरेका छन्।

‘एक व्यक्ति एक जिम्मेवारीस् एक पटकको लागि मेरो उम्मेदवारी’ भन्ने नाराका साथ उनले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।उनले पार्टीको सबै विभागको गठन ६ महिनाभित्र गरिने र यसरी गठन गरिने विभागमा व्यक्तिको क्षमता, अनुभव र ऊर्जा हेरेर गरिने पनि बताएका छन्। त्यस्तै, कांग्रेस पार्टीभित्र धनबली, बाहुबली र चाकडी चाप्लुसीको आधारमा अवसर पाउने परम्परालाई बन्द गरिने पनि कोइरालाको प्रतिज्ञा पत्रमा उल्लेख छ।

शेखर प्यानलबाट धनराज गुरूङ र चन्द्र भण्डारीलाई उपसभापतिको उम्मेदवार बनाइएको छ भने महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापालाई उम्मेदवार बनाइएको छ।नयाँ नेतृत्वको लागि सोमबार ८ बजेदेखि मतदान हुँदैछ।

यस्ता छन्, कोइरालाका मुख्य सात प्रतिज्ञा :

१.संविधान कार्यान्वयनको प्रतिबद्धता

२.वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना

३.क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन

४.अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण

५.पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी

६.सहभागितामूलक लोकतान्त्रिक अभ्यास

७.प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन

प्रतिक्रिया लेख्नुहोस्