२०८३ बैशाख १८, शुक्रबार

मोडर्ना खोप दिइँदै खोटाङका २० हजार बालबालिकालाई

खोटाङका पाँच स्थानीय तहका बालबालिकालाई कोभिड–१९ विरुद्ध मोडर्ना खोप दिइएको छ ।

बराहपोखरी गाउँपालिकामा १७–१९ पुससम्म, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८–२० पुससम्म, खोटेहाङ गाउँपालिकामा १८–२० पुससम्म, हलेसी तुवाचुङ नगरपालिकामा १८–२० पुससम्म र रावाबेँसी गाउँपालिकामा १८–२० पुससम्ममा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकालाई मोडर्ना खोप दिइएको हो ।

१० स्थानीय तह रहेको जिल्लामा २० हजार बालबालिकालाई मोडर्ना खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जानकारी दिएको छ । साकेला गाउँपालिकामा १९–२१ पुससम्म, ऐंसेलुखर्क गाउँपालिकामा १९–२१ पुससम्म, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१–२३ पुससम्म, केपिलासगढी गाउँपालिकामा २०–२३ पुससम्म र जन्तेढुंगा गाउँपालिकामा २०–२३ पुससम्म मोडर्ना खोप अभियान सञ्चालन हुनेछ ।

खोप लगाउनेमा अधिकांश छात्र/छात्रा छन् ।

प्रतिक्रिया लेख्नुहोस्