पछिल्लो २४ घण्टामा एक हजार १६७ जनामा कोभिड १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। संगिता कोस्ल मिश्राले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएकी हुन् ।डा. मिश्राका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा १ हजार १६७ मा संक्रमण पुष्टि भएको हो । आज देशभरको औसत संक्रमण दर ९।५ प्रतिरशत रहेको छ । त्यसैगरी आज देशभर संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने आज २२४ जना संक्रमणमुक्त भएका छन् ।
आज देशभर होम आइसोलेसनमा ६ हजार १२७ जना र जना संस्थागत आइसोलेसनम ६२८ जना रहेका छन् । तीमध्ये ७० जना आईसीयूमा, १६ जना भेन्टिलेटरमा र ११३ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्