२०८३ बैशाख १८, शुक्रबार

माघ १५ गतेसम्म विद्यालय बन्द

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।

उनले भने,’ सीसीएमसीसीको निर्णय हामीले कार्यान्वयन गर्छौं । केहीबेरमा सूचना जारी गर्छौं।’आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो।

जनस्वास्थ्यविदहरूको सल्लाहअनुसार आइतबार मात्र सीसीएमसीसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्