२०८३ बैशाख १६, बुधबार

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ४८ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५६ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ६७ पैसा र बिक्री दर १२९ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ६८ पैसा र बिक्री दर ८४ रुपैयाँ १० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३९ पैसा र बिक्री दर १० रुपैयाँ ४४ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्