अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइन तोकेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै अमेरिकाले काटेको पत्रमा एमसिसीमा प्रतिबद्धताअनुसारको कदम चाल्न आग्रह गरेको हो। एमसिसीको विषयले नेपालमा जनस्तरबाटै चर्को विरोध भइरहेको बेलामा देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा थप गर्न माग गरेका थिए। देउवा र प्रचण्डले ६ बुँदे प्रतिबद्धतासहित अमेरिकालाई पत्र पठाएका थिए।
एमसिसीबाट प्राप्त भएका स्पष्टीकरणका सम्बन्धमा छलफल गरी गठबन्धन साझेदारहरू र हाम्रा पार्टीका सदस्यहरूलाई सूचित गर्ने, सरकारको साधनस्रोत प्रयोग गरी नेपाली जनतालाई यसबारेमा सूचित गर्दै कम्प्याक्ट कार्यान्वयनमा सरकारको सहयोगका सम्बन्धमा जानकारी गराउँदै कम्प्याक्टका सम्बन्धमा रहेका आशंकाहरू हटाउने उल्लेख छन्।







प्रतिक्रिया लेख्नुहोस्