२०८३ बैशाख १८, शुक्रबार

६ सय ३९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो । यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्