२०८३ बैशाख १२, शनिबार

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २ सय मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु ८ सय ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५ सय तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३ सय १५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्