२०८३ असार ५, शुक्रबार

३७ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्