२०८३ बैशाख १३, आइतवार

बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्