२०८३ असार २१, आइतवार

महानगर र उपमहानगरको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक अहिले बालुवाटारमा जारी छ ।

बिहान ९ बजे बस्ने भनिएको शीर्ष नेताहरूसहितको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो । आजको बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंग्याउने तयारी छ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरसहित ४ उपमहानगर, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित तीन उपमहानगर र जनता समाजवादी पार्टीले वीरगन्ज महानगरसहित तीन उपमहानगरपालिकामा दाबी गरेको समाचार बाहिरिएका छन्।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।

प्रतिक्रिया लेख्नुहोस्