२०८३ असार ५, शुक्रबार

थप २१ जनामा कोरोना संक्रमण

देशभर थप २१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७७५ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा पीसीआर र २ जनामा एन्टिजेन विधिबाट सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७१ पुगेको छ ।

यही अवधिमा थप १ लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्