२०८३ बैशाख १७, बिहिबार

घट्यो सुनचाँदीको भाउ

सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्