आज एक अमेरिकी डलरको बिक्री मूल्य १२३.३७ रुपैयाँ र खरिद मूल्य १२२.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको कारोबार मूल्य कायम गरेको हो । यसैगरी, एक यूरोको बिक्री मूल्य १३०.४६ रुपैयाँ र खरिद मूल्य १२९.८३ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५२.२८ रुपैयाँ र खरिद मूल्य १५१.३४ रुपैयाँ छ ।
८७.१२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.१३ रुपैयाँ र ८९.१२ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद दर ८८.६८ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री मूल्य ९.४६ रुपैयाँ कायम हुँदा ९.४१ रुपैयाँमा खरिद भइरहेको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, १८४९ रुपैयाँमा बिक्री भइरहेको चिनियाँ युवानको खरिद १८.४० रुपैयाँ छ भने साउदी रियालको बिक्री मूल्य ३२.८९ रुपैयाँ र खरिद मूल्य ३२.७३ रुपैयाँ छ ।
कतारी रियालको बिक्री मूल्य ३३.८० र खरिद मूल्य ३३.६३ रुपैयाँ र संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३३.५९ रुपैयाँ र खरिद मूल्य ३३.४२ रुपैयाँ छ । मलेसियन रिंगटको बिक्री दर २८.२३ रुपैयाँ र खरिद मूल्य २८.०९ रुपैयाँ तोकिएको छ । यसैगरी, १०० कोरियन वनको बिक्री दर ९.७३ रुपैयाँ र खरिद दर ९.६८ रुपैयाँ छ ।






प्रतिक्रिया लेख्नुहोस्