२०८३ बैशाख १२, शनिबार

इम्बोस्ड नम्बर प्लेड जडान नगरे साउनदेखि जरिवाना, कति लाग्छ शुल्क?

सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो ।

बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (साना तथा ठूला सवारी), एकान्तकुना र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा र गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा तथा ती कार्यालयमा दर्ता भएका सबै सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागले जनाएको छ ।

इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा साउन १ गतेदेखि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही विभागले चेतावनी दिएको छ ।

कति लाग्छ त शुल्क ?

विभागका अनुसार दुई पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न २ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ भने तीन पाङ्ग्रे सवारीमा २ हजार ९ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै मझौला सवारी तथा सानो (चार पाङ्ग्रे सवारी) मा ३ हजार २ सय रुपैयाँ र ठूला सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न ३ हजार ६ सय रुपैयाँ शुल्क लाग्छ ।

प्रतिक्रिया लेख्नुहोस्