२०८३ बैशाख १७, बिहिबार

सुनको मूल्य बढ्यो, पढ्नुहोस् चाँदीको कति?

सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।

आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपियाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्