२०८३ बैशाख ११, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले ओरालो लागेर ९४ हजार ३०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर एक हजार १७० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्