२०८३ असार २१, आइतवार

सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह

सभामुख अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको भन्दै संसद्का बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् । साथै उनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने तीन हजार भन्दा बढी संक्रमित आइसोलेसनमा छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्