२०८३ बैशाख ११, शुक्रबार

बढ्यो सुनको मूल्य, पढ्नुहोस् चाँदीको कति?

साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सयले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार २ सय १० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्