२०८३ असार २१, आइतवार

संघीय निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज मंगलबार संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ ।

दल दर्ताका लागि मंगलबार दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुखले जानकारी दिएका छन् । उनका अनुसार दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरूको टोली आयोगमा जाने कार्यक्रम छ ।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरू गरिसकेको छ । आयोगले यहि साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्