२०८३ असार २१, आइतवार

आज पनि शेखर कोइराला समूहको छुट्टै भेला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफ्नो समूहका नेताहरूसँग छलफल गर्दै छन् । दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा डा. कोइरालाले नेताहरूसँग छलफल गर्ने भएका हुन् ।

भातृसंस्थाहरू गठन गर्दा नेतृत्वले उनीहरूसँग परामर्श नगरेकोप्रति शेखर समूह असन्तुष्ट छ । सोही विषयमा समूहका नेता तथा भातृसमूहका नेताहरूसँग छलफल गर्न लागेको बताइएको छ ।

छलफलमा दोस्रो तहका नेता र भातृ संस्थाका नेताहरुलाई बोलाइएको छ । छलफलका लागि भातृ एवं शुभेच्छुक संस्थाका युवा नेता त्यहाँ जाँदैछन् ।

प्रतिक्रिया लेख्नुहोस्