नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले महङ्गिएको छ । गत शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज आइतबार भने ९७ हजार ८०० रुपैयाँ पर्नेछ ।
जुन शुक्रबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले बढी हो । त्यस्तै, तेजावी सुनलाई आज प्रतितोला ९७ हजार ३०० रुपैयाँ पर्नेछ । यसअघि तेजावी सुनको भाउ तोलामा ९६ हजार ८०० रुपैयाँ रहेको थियो ।
यता, चाँदीको भाउसमेत बढेर एक तोलामा एक हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया लेख्नुहोस्