२०८३ भदौ ८, सोमवार

सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको छ: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका छन्।

मंगलबार काठमाडौँमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका हुन् । उनले सिटको बाँडफाँटको विषय कति सम्भव वा छैन भन्ने बारेमा पनि प्रश्न उठेको उल्लेख गरे ।

स्थानीय निर्वाचनमा आफ्नो पार्टीले नौ लाख जनताको समर्थन पनि हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिक तर्फ सबै स्थानमा उम्मेदवारी दिने धारणा राखे । उनले आगामी निर्वाचनमा कलम चिन्हलाई विजयी गराउनका लागि जिल्ला जिल्लामा परिचालित हुन निर्देशन पनि दिए।

प्रतिक्रिया लेख्नुहोस्