२०८३ असार २१, आइतवार

प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगित भएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभा सचिवालयका सचिव गोपालनाथ योगीले सूचना जारी गर्दै अर्को बैठक भोलि बिहान ११ बजे बस्ने जनाएका छन् ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्