२०८३ असार ७, आइतवार

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १०० रुपैयाँले घटेर ९७ हजार ४०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्