२०८३ असार २०, शनिबार

पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने, त्यसपछि ओली

एमाले लगायतका दलको बालकोटमा जारी बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।

नयाँ सत्ता समिकरण गर्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी एमाले नेता बिष्णु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्