२०८३ बैशाख १७, बिहिबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन आज प्रतितोला सात सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेसँगै नयाँ रेकर्ड कायम भएको हो।

हिजो प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया लेख्नुहोस्