२०८३ बैशाख १७, बिहिबार

घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँ घटेको हो।

त्यसैगरी चाँदी तोलामा ४५ रुपैयाँ घटेको हो। महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्