२०८३ बैशाख १७, बिहिबार

नेप्से मा १.५४ अंककाे वृद्धि

साताको पहिलो कारोबार हुने दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक १.५४ अंकले उकालो लागेर २०९६.०८ विन्दुमा पुगेको छ ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा २२.१२ अंकले ओरालो लागेको थियो । सोहीदिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
आइतबार नेप्से सूचकको १०८ कम्पनीको शेयर उकालो लागेको छ भने १०१ कम्पनी ओरालो लागेका छन् । साथै ७ कम्पनी स्थिर छन् ।

२५८ कम्पनीको कारोबार भएको र ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्