२०८३ बैशाख १२, शनिबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

सुन आज तोलामा ११ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया लेख्नुहोस्