नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुर्दगी सन्धिको तयारी भइरहेको बताएका छन् ।
पुष्पलालको जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो जानकारी दिए।खनालले यो सन्धि गर्दा नेपालले भारत र चीनसँग सन्तुलन कायम गर्न नसके राष्ट्रियतामाथि खतरा उत्पन्न हुने चेतावनी दिए ।
उनले भने, ‘मैले सुने अनुसार नेपाल र भारतबीच सुपुर्दगी सन्धिको तयारी भइरहेको छ। यदि यो सन्धिमा नेपालले भारत र चीनसँग सन्तुलन मिलाउन सकेन भने हाम्रो राष्ट्रियतामाथि ठूलो आघात पुग्नेछ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले यो कुरा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि सुनाउन चाहेको बताए । कार्यक्रममा प्रचण्ड केहीबेरअघि बोलिसकेर गइसकेका थिए । उनको अनुपस्थितिमा खनालले सञ्चारमाध्यममार्फत यो सन्देश प्रतिपक्षी दलका नेतालाई पुगोस् भन्ने आग्रह गरे ।
यसैगरी, कोशी उच्च बाँध निर्माणको विषय पनि उठिरहेको उल्लेख गर्दै खनालले यस्ता विषयमा नेपाली जनता र राजनीतिक दलका नेताहरूलाई पूर्ण जानकारी हुनुपर्ने बताए । ‘कोशी उच्च बाँधको कुरा कसरी अगाडि बढिरहेको छ, नेपाली जनताले थाहा पाउनुपर्छ। यो नेपालको राष्ट्रिय हितमा छ कि छैन, त्यो बुझ्न आवश्यक छ,’ उनले भने ।







प्रतिक्रिया लेख्नुहोस्