२०८३ असार ५, शुक्रबार

पोखरामा भेटियो सिन्धुलीबाट बेपत्ता परिवार

सिन्धुलीबाट बेपत्ता भएका भनिएका एकै परिवारका १६ जना पोखरामा भेटिएका छन् । प्रहरीको खोजीमा रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना पोखरा भेटिएका हुन् ।

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीमा खबर पुगेपछि खोजी शुरु गरिएको थियो ।

प्रहरीले खोजी गर्दै जादा उनीहरू गत शनिबार नै पोखरास्थित लेकसाइडको होटल जननीमा पुगेको भेटिएको छ । उनीहरु शनिबार सो होटलमा बसेर आइतबार होटल छोडेको प्रहरीले पत्ता लगाएको छ । प्रहरीले अहिले उनीहरु पोखरा-३० मा भेटिएको बताएको छ ।

परिवारको सूची :

उर्मिला हायू, आमा-५२ वर्ष, कमला हायू, छोरी-२७ वर्ष, कोमल माया हायू, बुहारी-२३ वर्ष, उषा हायू, छोरी-२२ वर्ष, सुजता हायू, छोरी २२ वर्ष, अस्मिता हायू, छोरी १८ वर्ष, शान्ता हायू, छोरी १२ वर्ष, राजु हायू छोरा २९ वर्ष, हिमाल हायू, छोरा २४ वर्ष, लालबहादुर हायू, छोरा १६ वर्ष, बेगबहादुर हायू, छोरा १४ वर्ष, लक्की हायू, छोरा ११ वर्ष, सुवर्ण हायू, छोरा १२ वर्ष, ओमकुमारी हायू, छोरी १० वर्ष, अर्जुन हायू, नाती १ वर्ष र रियासा हायू, नातिनी ४ वर्ष ।

प्रतिक्रिया लेख्नुहोस्