नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेपाल अस्पताल भर्ना भएका हुन् ।
नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।
बिहीबार बिहान नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुगेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्