२०८३ अशोज १२, सोमवार

लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै

लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

दिउँसो हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति हिमाली र पहाडी भू–भाग तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। राति हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहे पनि समग्रमा मौसम क्रमिक रूपमा सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्