२०८३ अशोज १३, मङ्लबार

लगातार २ दिन घट्यो सुनको मूल्य, तोलामा कति छ ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३८ सयले घटेर तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४३९५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४५१० मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्